तराईमा हुस्सु, सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

तराईमा हुस्सु, सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना


  • 9.9K
    SHARES
    • माघ ३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    तराईमा हुस्सु, सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

    काठमाडौं, ३ माघ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु(कुहिरो लागेको छ ।

    images

    दिउँसो  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी  र बागमतीमा आंशिकदेखि सामान्य बदली  रहने आँकलन गरिएको छ । त्यस्तै। सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।

    राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    मंगलबार कर्णाली र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


    तेस्रो आँखा