काठमाडौं, ३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षण गर्दा मन्त्री आलेमा स्रंक्रमण पुष्टि भएको हो ।
उनको सचिवालयकाअनुसार आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य अवस्था सामान्य रहेकोले उनले आफ्नै निवासमासमा आराम गरिरहेको सचिवालयले जनाएको छ ।
पछिल्लो समयमा मन्त्री आले विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका थिए। आइतबार मात्रै उनले पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालाका साथै नारायणहिटी संग्रहालयको अवलोकन समेत गरेका थिए। मन्त्री आलेले आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।
मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ।
