दर्शनको दुई गोलमा एनआरटीको सहज जित

दर्शनको दुई गोलमा एनआरटीको सहज जित


  • 5.5K
    SHARES
    • माघ ३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    दर्शनको दुई गोलमा एनआरटीको सहज जित

    काठमाडौं, ३ माघ । दर्शन गुरुङको दुई गोलमा न्युरोड टिम (एनआरटी) ले सहज जित निकालेको छ।

    images

    सोमबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको ‘ए’ डिभिजन लिगको नवौं चरणको अन्तिम खेलमा मिडफिल्डर दर्शन गुरुङको दुई गोलमा एनआरटीले जावलाखेल युथ क्लब विरुद्ध सहज जीत निकालेको हो ।

    खेलको ६९ औं मिनेटमा स्टेफिन बिनोङको पासमा पहिलो गोल गरेका दर्शन गुरुङले ७३ औं मिनेटमा बिनोङकै पासमा दोस्रो गोल गर्दै एनआरटीको अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो हाफमा एनआरटीलाई गोलरहित बराबरीमा रोकेको जावलाखेलले दोस्रो हाफमा सम्हालिन नसक्दा दुई शुन्यको हार बेहोर्नु परेको हो ।  

    जावलाखेललाई पराजित गरे सँगै एनआरटी नौ खेलबाट १३ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लेको छ । समान नौ खेल बाट आठ अंक जोडेको जावलाखेल भने तालिकाको दशौं स्थानमा यथावत छ । लिग अन्तर्गत दशौं चरणका खेलहरु भने माघ २७ गते देखि सुरु हुनेछन् । 


    तेस्रो आँखा