राष्ट्रिय फुटबल टोलीको सहाएक प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त

राष्ट्रिय फुटबल टोलीको सहाएक प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त


  • 5.7K
    SHARES
    • माघ ४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    राष्ट्रिय फुटबल टोलीको सहाएक प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त

    काठमाडौं, ४ पुस । नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा संकटा क्लबका मुख्य प्रशिक्षक विष्णु गुरुङ नियुक्त भएका छन् ।

    images

    गुरुङलाई नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सहाएक प्रशिक्षकमा नियुक्त गरेका हुन् ।

    जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको संकटा क्लबबाट मुख्य प्रशिक्षकका रुपमा डेब्यु गरेका गुरुङले यो अवसर यति छिट्टै आउँछ भन्ने अपेक्षा नगरेको प्रतिक्रिया दिए । उनले भने ‘म यो अवसरको लागि तयारी गरिरहेको थिएँ, तर यो अवसर यति छिट्टै पाउँला भनेर सोचेको थिइँन ।’

    नेपाली राष्ट्रिय फुटबल टोलीमा अहिले मुख्य प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरीसँगै सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षक विकास मल्ल छन् । यस्तै टीम म्यानेजरमा मधुसुदन उपाध्याय छन् ।