काठमाडौं, ४ माघ । कोरोना संमक्रण एकै दिन दोब्बरले बढेकाे छ। हिजो (३ गते सोमबार) ६ हजार ७ सय ३४ जनामा देखिएको कोरोना संक्रमण आज मंगलबार एकै दिनमा ३ हजार ५ सय २४ बढेर १० हजार २ सय ५८ जनामा संक्रमण देखिएको हो ।
नेपालभर २२ हजार ८ सय २८ जनामा गरिएको कोरोना परिक्षणमा १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जम्मा १७ हजार ८ सय ७२ जनामा गरिएको पिसिआर परिक्षणका क्रममा ८ हजार ७ सय ३० जनामा र ४ हजार ९ सय ५६ जनामा गरिएको एन्टीजेन परिक्षणका क्रममा १ हजार ५ सय २८ जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो चौबिस घण्टामा कोरोनाको कारण एक जनाको मृत्यु भएको छ भने ५ सय ६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
