काठमाडौं, ४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले नेपालले प्राप्त गरेको सम्पूर्ण खोपको तथ्यांकमा नभएको बताएका छन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई कोरोना संक्रमणको अवस्था र मन्त्रालयको तयारीबारे जानकारी दिँदै सचिव पोखरेलले हालसम्म नेपालले प्राप्त गराके खोपमध्ये २० देखि ४० लाख खोप तथ्यांकबाट हराइरहेको जानकारी दिए ।
‘अहिले तेस्रो डोज लगाउन आउनेहरुले पहिलो र दोस्रो डोज लगाउँदा आफूले कार्ड नै नपाएको पनि बताउने गरेका छन्, पोखरेलले भने ‘यसले उनीहरुले पहिला खोप लगाए पनि हाम्रो तथ्यांकमा भने इन्ट्री नभएको बुझिन्छ । यस्ता प्रशस्तै उदाहरण छन् ।’
पोखरलकाअनुसार केही राष्ट्रहरुबाट सहयोग स्वरुप प्राप्त खोपको म्याद गुज्रिने मिति निकै कम भएका कारणले त्यस्ता खोपको व्यवस्थापनमा मन्त्रालयलाई कठिनाई भएकाले पनि खोप तथ्यांकबाट हराएको हो पाइएको हो । डा.पोखरेलले नेपालका उपत्यका र शहरी क्षेत्रका अधिकांशले दुई डोज खोप लगाएको पनि बताएका छन्।
उनले हाल लगाउन सुरु गरिएको तेस्रो डोजको खोपको र लगाउनेहरुको तथ्यांक व्यवस्थित रुपमा राख्न प्रयास गरिरहेको पनि स्पस्ट पारे। डा. पोखरेलले प्राविधिक कठिनाइका कारण सरकारले घोषणा गरेअनुसार वडा वडाम खोप पुर्याउन नसकिएको बताए ।
