अष्ट्रेलियन अ‍ेपनः ओसाका तेस्रो चरणमा प्रवेश

अष्ट्रेलियन अ‍ेपनः ओसाका तेस्रो चरणमा प्रवेश


  • 4.2K
    SHARES
    • माघ ५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    अष्ट्रेलियन अ‍ेपनः ओसाका तेस्रो चरणमा प्रवेश

    मेलबन, ५ माघ । अष्ट्रेलियन ओपनको तेस्रो चरणमा विश्व वरियताको १३ औं स्थानमा रहेकी नाओमी ओसाका प्रवेश गरेकी छन्।

    images

    ओसाकाले बुधबार मेलबर्न पार्कमा भएको अष्ट्रेलियन ओपनको दोस्रो चरणको खेलमा विश्व वरियताको ५४ औं स्थानकी रहेकी म्याडिसन ब्रेङ्गललाई ६-० र ६-४ को सोझो सेटमा हराएकी हुन् ।  

    सन् २०१६ देखि अस्ट्रेलियन ओपन खेल्न सुरु गरेकी ओसाका २०१९ र २०२१ मा अस्ट्रेलियन ओपनको च्याम्पियन रहिसकेकी छन्। उनले २०१८ र २०२० मा भएको युएस ओपनको पनि उपाधि जितेकी थिइन् ।

    ओसाकाले खेलको चौथो चरण पुग्नको लागि विश्व वरियताको ६० औं स्थानमा रहेकी अमान्डा एनिसिमोभासँग खेल्नुपर्ने छ। गत वर्ष दोस्रो चरणबाटै बाहिरिएकी बे्रङगल सन् २००७ देखि अष्ट्रेलियन ओपन खेल्दै आएकी छन् । तर उनी चौथो चरणबाट अगाडि जान सकेकी छैनन् । 

  • सम्बन्धित विषय:

  • # ओसा
  • # अष्ट्रेलियन अ‍ेपनः

  • तेस्रो आँखा