कोरोना संक्रमण दर दैनिक बढ्दै : ११ हजार ३५२ मा पुष्टि, ४ जनाकाे मृत्यु

कोरोना संक्रमण दर दैनिक बढ्दै : ११ हजार ३५२ मा पुष्टि, ४ जनाकाे मृत्यु


  • 5.4K
    SHARES
    • माघ ५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    कोरोना संक्रमण दर दैनिक बढ्दै : ११ हजार ३५२ मा पुष्टि, ४ जनाकाे मृत्यु

    काठमाडौं, ५ पुस । पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १० हजार २५८ जनामा पुष्टि भएको संक्रमण आज बढेर ११ हजार ३५२ जनामा पुष्टि भएको हो ।

    images

    नेपालभर २३ हजार ४०९ जनामा गरिएको परिक्षणमा ११ हजार ३५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    १८ हजार ७८ नमुनाको पीसीआर परिक्षण गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन परिक्षण गर्दा एक हजार ८५० जनामा संक्र्रमण पुष्टि भएको हो ।

    मन्त्रालयकाअनुसार ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका ४ हजार ६६६, भक्तपुरका ५७८ र ललितपुरका १ हजार १९ जना छन् ।

    पछिल्लो २४ घण्टामा कोरोनाको कारण ४ जनाको मृत्यु भएको छ भने ६२३ जना निको भएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस

  • तेस्रो आँखा