काठमाडौं, ५ माघ। काेराेना संक्रमण दर बढ्रदै गएपछि सरकारले काेराेना परिक्षण शुल्क घटाएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काेराेनाकाे लक्षण देखिएर सरकारी प्रयाेगशालामा काेराेना परिक्षणा गर्दा ८०० रुपैयाँ लाग्नेछ। यसअघि यो शुल्क एक हजार थियो ।
यस्तै, निजी प्रयोगशालाहरुमा पीसिआर परिक्षण गर्दा १५०० रुपैयाँ शुल्क तोकिएको मन्त्रालयले जनाएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।
सरकारी अस्पताल तथा प्रयोगशालाका कर्मचारीमा लक्षण देखिएमा भने निशुल्क परीक्षण हुने मन्त्रालयले जनाएकाे छ ।
