काेठमाडाैं, ५ माघ । काेराेना भाइरसकाे तेस्राे लहर सुरू भएकाे छ । यहाँसम्म आइपुग्दासम्म ५ प्रकारका भेरिएन्ट देखा परेपनि डेल्टा र आमिक्रोनले व्यापक फैलिरहेकाे छ । पछिल्लाे समय आमिक्रोन भेरिएन्टले विश्व नै आक्रान्त छ । याे नयाँ भेरिएन्ट छिटाे छिटाे फैलने भएकाले पनि अलि बढी ध्यान दिनुपर्ने हुन्छ । के हाे त आमिक्रोन यसबारे हामीले जानैपर्ने हुन्छ । यसबारे जानकार भइराखे यसकाे संक्रमणाबाट बच्न सकिन्छ ।
आमिक्रोन के हो ?
यो नयाँ प्रकारको अत्याधिक उत्परिवर्तित कोरोना भाइरस हो । यसलाई बि १.१.५२९ पनि भनिन्छ । यो भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनद्धारा गम्भिरताको साथ हेरिएको छ ।
आमिक्रोन पहिलोे पटक कहिले पत्ता लाग्यो ?
सबैभन्दा प्रारम्भिक नमुना ११ नोभेम्वर २०२१ मा बोत्सवानामा फेला परेमो थियो ।
हामी यसको बारेमा किन चिन्तीत छौं ?
ओमिक्रोनको स्पाइक प्रोटिनमा ३० भन्दा बढि उत्परिवर्तनहरु छन् । यो डेल्टा को दोब्बर भन्दा बढी हो ।
के यसले अधिक संक्रमण गर्छ ?
यो निकै छिटो फैलिन सक्छ ।
के भ्याक्सिनहरुले यसको विरुद्धमा काम गर्छ ?
ओमिक्रोन कोरोनाको विरुद्धमा भ्याक्सिन लगाएकाहरुलाई पनि सर्न सक्छ। हालको भ्याक्सिनहरुले ओमिक्रोन भेरियन्टको संक्रमणको कारण गम्भीर रोग, अस्पताल भर्ना र मृत्युबाट जोगाउने अपेक्षा गरिएको छ।
भ्याक्सिन लगाएको व्यक्तिको स्वास्थ्य अवस्थालाई गम्भिर बनाउने सम्भावना कम हुन्छ तर गौण संक्रमण गराउन सक्छ ।
लक्षणहरु
खोकी लाग्नु
थकान महसुस हुनु
शरिर दुख्नु
नाक बन्द हुनु
नाकबाट पानी बग्नु
ज्वरो आउनु
सामात्यत पहिलेको भन्दा मत्थर भए पनि केही व्यक्तिमा गम्भीर समस्या आइपर्न सक्छ। कोरोना भाइरसको नयाँ आमिक्रोन भेरियन्ट अघिल्लो डेल्टा भेरियन्ट भन्दा हल्का रहेका बताइएको छ। विज्ञहरुले पनि ओमिक्रोन संक्रमितमा फ्लु जस्ता लक्षणहरु भएको पनि दाबी गरिरहेका छन् ।
संकटबाट बच्न तँपाई के गर्न सक्नुहुन्छ ?
सामाजिक दुरी कायम गनुहोस् ।
मास्क लगाउनुहोस् ।
नियमित हात धुनुहोस् ।
ओप लगाउनुहोस् ।
सेनिटाइजर लगाउनु होस् ।
भिडभाड नगर्नुहोस तथा भिडभाडमा नजानुहोस् ।
