• ट्रेण्डिङ्ग :
हेलचक्य्राइँ नगरौं र स्वास्थ्य मापदण्ड पालना गरौं : डा. पौडेल

हेलचक्य्राइँ नगरौं र स्वास्थ्य मापदण्ड पालना गरौं : डा. पौडेल


  • 6.1K
    SHARES
    • माघ ५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    हेलचक्य्राइँ नगरौं र स्वास्थ्य मापदण्ड पालना गरौं : डा. पौडेल

    काठमाडौं, ५ माघ । कोभिड महामारीको नयाँ चरणमा हामी प्रवेश गरेको प्रष्ट देखिन्छ । पछिल्लो समयमा विशेष गरि आमिक्रोन भन्ने कोरोनाको भेरिएन्ट एकदमै तीव्र गतिमा फैलिरहेकाे छ। विश्वव्यापी तथ्यांकहरु हेर्ने हो भने ओमिक्रोन भन्ने भेरिएन्टले यस भन्दा अगाडी देखिएको जुन हाम्रोमा दोस्रो लहरमा मुख्यत देखिएको थियो डेल्टा भन्ने भेरिएन्टलाई विश्वव्यापी रुपमा प्रतिस्थापन गरेको छ।

    images

    ओमिक्रोन भेरिएन्ट बढी संक्रामक छ । एउटा संक्रमितको सम्पर्कमा आएका धेरै व्यक्तिहरुलाई सर्न सक्छ। त्यसैले एउटा कुनै संक्रमित व्यक्तिको सम्पर्कमा रहेका धेरै जना व्यक्तिहरुले परिक्षण गर्नुपर्ने व्यक्तिहरुको संख्या धेरै हुुन्छ। त्यसैले पनि याे तीव्र रुपमा फैलिरहेको छ। विश्वका सबै तथ्यांकलाई हेर्दा यो विश्वका सबै देशहरुमा पुगेको देखिन्छ । यसले डेल्टालाई विस्तारै प्रतिस्थापन गरेर फैलिएको देखिन्छ ।

    हाम्रो निगरानी प्रणालीमा पनि यसको परिक्षण गर्न सक्छौं । स्वास्थ्य प्रयोगशालामा तथा अन्य स्थानमा पनि यसको परिक्षण गर्न सकिन्छ। हाम्रोमा गरिएको केही नमुना परिक्षणबाट पनि ओमिक्रोन भेरिएन्ट अत्याधिक मात्रामा बढीरहेको पुष्टि हुन्छ। जसका कारण नेपालमा दैनिक संक्रमण संख्या बढ्दै गएको छ। अझ यसको प्रभाव दुई गुना हुने गरि बढीरहेको देखिन्छ ।

    यो भेरिएन्टले माथिल्लो श्वासप्रश्वासमा रहने र त्यहाँ भएकाले त्यहीबाट लक्षण देखा पर्न सुरू हुन्छ। विशेष गरी घाँटी दुख्ने, नाक बन्द हुने, स्वर बस्या जस्तो हुने, शरीर दुख्ने, शरीर गल्ने र हल्का ज्वरो आउने जस्ता लक्षणहरु प्रा:यमा देखापर्ने गर्दछ। फोक्सोमा यसको असर तुलनात्मक रुपमा कम देखिएको छ। ओमिक्रोन भेरिएन्टले भयाे भने कम गाह्राे, मध्यम गाह्राे र एकदमै बढी गाह्राे पनि पार्न सक्छ ।

    हालसम्मको तथ्यांकहरु हेर्दा ओमिक्रोका कारणले अस्पतालमा बस्नपर्ने, अक्सिजन लिनुपर्ने तुलनात्मक रुपमा कम देखिएको छ जुन हामी हाम्रो लगायत धेरै देशमा देख्न सक्छौं । हाम्रै देशमा पनि सक्रिय संक्रतिको संख्या ५० हजार नाघ्दै गर्दा अहिले पनि अस्पतालको उपचार कक्षमा भर्ना हुनेहरुको संख्या १९९ मात्र छ र २९ जना मात्र भेन्टिलेटरमा रहेको तथ्यांक छ ।

    यो भेरिएन्टले विशेष गरि खोप लगाएका व्यक्तिहरुमा पनि संक्रमण हुन सक्छ। खोप लगाएका तथा यस अघि संक्रमण भएकाहरुलाई पनि  संक्रमण हुन  सक्छ तर खोप लगाएका व्यक्ति अझ तेस्रो मात्रा पनि लगाएका व्यक्तिहरुमा स्वास्थ्य जटिलता र अस्पताल भर्ना हुने दर अझै कम देखिएको छ। त्यसैले आफ्नो पालो आएपछि खोप लगाउँ र खोप लगाएपछि पनि स्वास्थ्य मापदण्डको पालना गर्न नछोडौं । मास्कको प्रयोग गर्ने, व्यत्ति व्यक्तिबीच दुइ मिटर दुरी कायम गर्ने, साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने तथा खुल्ला ठाउँमा बढी बस्ने, झ्याल ढोका बन्द गरेको ठाउँमा धेरै नबस्ने र हावा ओहोरदोहोर गर्ने ठाउँमा बढी बस्ने गर्नुपर्छ । यसो गर्दा कोरोना सर्ने जोखिम कम रहन्छ । जसका लागि नेपाल सरकार तथा हामीले आग्रह गरिरहेका छौ र पुन आग्रह गर्छौ ।

    ओमिक्रोन भेरिएन्ट आए पनि हामीले जनस्वास्थ्यको मापदण्ड पालना गर्यौ भने यसबाट हामी बच्न सक्छौ। नेपालमा अब योजना बनाउनका लागि  हामीसँग अहिलेकै अवस्थामा स्रोत साधनहरुले यो संक्रमणमा हामी कसरी जान सक्छौं भनेर तयारी स्वरुप प्रक्षेपण गरेका छौं । प्रक्षेपणले हामीलाई यो लहरको यो भेरिएन्टको उत्कर्षमा पुग्दै गरेको आगामी हप्तासम्म चरम बिन्दुमा पुग्ने र त्यसबेला हामीले परिक्षणको स्रोत साधनबाट अधिकतम २० हजार भेटिने अवस्थामा पुग्ने हाम्रो प्रक्षेपण छ। आगामी केही साता पछि माग सकिएर फागुन लाग्दै गर्दा यो संक्रमण विस्तारै स्थिर हुदै जान्छ भन्ने हाम्रो प्रक्षेपणमा देखिएको छ यसर्थ, केही समय यो संख्या स्थिर हुन चार हप्ता छ हप्ता लाग्न सक्छ ।

    यसबीचमा नेपालमा हाल अस्पतालमा भर्ना हुने दर कम छ भने पनि बिरामीको संख्या बढ्दै जाँदा भर्ना हुने दर बढ्न सक्ने भएकाले सरकारले तयारी गरिरहेको छ। हामीसँग देशभर ८ हजार २०२ आइसोलेसनका बेडहरु छन् । ३ हजार ८४६ अक्सिजन सहितका बेडहरु उपलब्ध छन् भने २ हजार ७९७ वटा आइसीयु १ हजार ८ वटा भेन्टीलेटर छन्। देशभर ९८ वटा अक्सिजन उत्पादन गर्ने प्लान्टहरु छन्। हामीले दैनिक २७ हजार ४ सय ९६ नब्बे अक्सिजन सिलिण्डर उत्पादन गर्ने क्षमता रहेको छ। बढी संक्रमण हुने ठाउँमा एन्टीजेन परिक्षण गर्ने व्यवस्थिा गरिएको छ ।

    कोभिडको महामारीबाट बच्न सबैले जनस्वास्थ्यको पालना गर्न र सबै क्षेत्रले आफ्नो आफ्नो ठाउँबाट भुमीका खेल्न अनुरोध छ। कोभिड बिरामीको संक्रमणको लक्षण देखिएको हुँदा परिक्षण गर्न अनुरोध छ । पाँच देखि १२ वर्षका बालबालिकाको लागि पनि खोपको व्यवस्था छिट्टै गर्ने प्रयास भैरहेको छ। सबैले मिलेर बालबालिकालाई जोगाउ। लक्षण देखिए परिक्षण गरौं। कोही आतंकीत नहोउ, हेलचक्य्राइँ नगरौं र स्वास्थ्य मापदण्ड पालना गरौं। सबै स्वास्थ्य सामग्री र सिटामोलहरु प्रशस्त भएको इपिडिमियोलाेजी महाशाखा निर्देशक डा. कृष्ण प्रसाद पौडेलकाे भनाइ छ। अत्यावश्यक औषधिको खरिद गर्न प्रक्रिया सुरू भएकाे उनले जानकारी दिए । उनले भने 'कुनै प्रकारकाे औषधि हुँदैन । ' 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे काेभिड -१९ काे नियमित प्रेस ब्रिफिङमा इपिडिमियोलाेजी महाशाखा निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बाेलेकाे पूरा अशं...!

     


    तेस्रो आँखा