• ट्रेण्डिङ्ग :
सिटामोललगायत औषधीको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

सिटामोललगायत औषधीको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन


  • 5.5K
    SHARES
    • माघ ५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    सिटामोललगायत औषधीको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं, ५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यसको अभाव तत्काल अन्त्य गर्न गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् । 

    images

    आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदाश वैरागीलाई बोलाएर औषधी अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिएका थिए । 

    त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग लगायत औषधी उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेको थियो । औषधीको अभाव नहुनेगरी अघि बढ्न औषधी उत्पादकहरू तयार भएका छन् । यदि कसैले औषधीको कृत्रिम अभाव सृजना गरेको पाएका तत्काल कारबाही गर्ने गरी निर्देशन गएको छ ।


    तेस्रो आँखा