अध्यक्ष ओलीद्वारा गायक आचार्यको निधनप्रति दुःख व्यक्त

अध्यक्ष ओलीद्वारा गायक आचार्यको निधनप्रति दुःख व्यक्त


  • 4.0K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.2K Views

    अध्यक्ष ओलीद्वारा गायक आचार्यको निधनप्रति दुःख व्यक्त

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    images

    अध्यक्ष ओलीले ‘जहाँ छन् बुद्धका आँखा…’ बोलको गीतमा आचार्यको जादुमय स्वर भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    “कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ । तीन वर्षअगाडिको उहाँसँगको भेट सम्झिरहेको छु” अध्यक्ष ओलीले गायक तथा सङ्गीतकार आचार्यलाई सम्झिदै भनेका छन् ।

    गायक तथा सङ्गीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो ।


    तेस्रो आँखा