एजेन्सी, ७ माघ । भारतमा कोभिडबाट पछिल्लो २४ घन्टामा ७०३ जनाको मृत्यु भएको छ। यो भारतमा तेस्रो लहर सुरु भएपछि अहिलेसम्मकै धेरै मृत्यु हो । त्यस्तै, पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार जना संक्रमित भएका छन् ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि भारतमा संक्रमित ह्वात्तै बढेको छ। अहिलेसम्म ६ हजार ९९२ जनामा ओमिक्रोन देखिएको छ। यो अघिल्लो दिनको तुलनामा ४ दशमलव ३६ प्रतिशतले बढी हो । भारतको स्वास्थ्य मन्त्रालयकाअनुसार दैनिक संक्रमण दर १७ दशमलब ५४ प्रतिशत छ ।
केही राज्यमा संक्रमण दर ‘पिक’ मा पुगेर घट्न थालेको विज्ञहरुले बताएका छन् ।
