भक्तराज आचार्यलाई अन्तिम श्रद्धाञ्जली दिइँदै, अन्त्येष्टि आजै

भक्तराज आचार्यलाई अन्तिम श्रद्धाञ्जली दिइँदै, अन्त्येष्टि आजै


  • 4.8K
    SHARES
    • फाल्गुण १५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 7.3K Views

    भक्तराज आचार्यलाई अन्तिम श्रद्धाञ्जली दिइँदै, अन्त्येष्टि आजै

    काठमाडौं । गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ। आचार्यको पार्थिव शरीर मंगलबार बिहान ९ बजे प्रतिष्ठानाको प्रांगणमा राखिने संगीतका चेतन सापकोटाले बताए। 

    images

    यस क्रममा स्व.आचार्यको सम्मानमा संगीतकर्मीले उनका गीत गाउनेछन्। दिउँसो १ बजेपछि अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा लगिनेछ।

    त्यसपछि अपरा्हन अ​न्तिम संस्कारका लागि पशुपतिस्थित आर्यघाट लगिनेछ र, दाहसंस्कार गरिनेछ । 

    ८१ वर्षको उमेरमा सोमबार उनको निधन भएको थियो । बिरामी आचार्यलाई उपचारका लागि मेडिसिटी अस्पताल लैजाँदै गर्दा आज दिउँसो बाटोमा निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए । 


    तेस्रो आँखा