चेतन सापकोटाले फोटो खिच्दा अवरोध गरे : पीजे क्लब

चेतन सापकोटाले फोटो खिच्दा अवरोध गरे : पीजे क्लब


  • 5.4K
    SHARES
    • फाल्गुण १५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 8.4K Views

    चेतन सापकोटाले फोटो खिच्दा अवरोध गरे : पीजे क्लब

    काठमाडौं । फोटो पत्रकार (पीजे) क्लबले गायक तथा संगीतकार भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिने कार्यक्रमको फोटो खिच्ने क्रममा संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ ।

    images

    मंगलबार साँझ एक विज्ञप्तिमार्फ पीजे क्लबले आफ्ना सदस्यसमेत रहेका गोरखापत्र दैनिकका फोटो पत्रकार सुजन गुरुङलाई अध्यक्ष सापकोटाले "बिनाकारण गलहत्याउँदै ‘यो कार्यक्रमको छायांकन गर्नु पर्दैन'जस्तो अपमानजक वाक्यांश प्रयोग गरेको" बताएको छ ।

    "नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा २०८० फागुन १५ गते भएको उक्त घटनाले प्रेस स्वतन्त्रता र सूचना संकलन गर्न पाउने पत्रकारको संवैधानिक मौलिक हकमाथि हस्तक्षेप गर्न खोजिएको क्लबको ठहर छ । आम सरोकारको विषयमा समाचार तथा फोटो संकलनमा बाधा पुर्‍याउन खोज्नु कुनै पनि अवस्थामा स्वीकार्य छैन," क्लबका महासचिव प्रकाशचन्द्र तिमिल्सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । क्लबले सापकोटासँग क्षमाचायना गर्न माग गरेको छ ।

    PJ-Club-1709045644.jpg
    undefined


    तेस्रो आँखा