• ट्रेण्डिङ्ग :
रुकुमपश्चिमका ३१ हजार भुकम्प पीडितले पहिलो किस्ता पाए

रुकुमपश्चिमका ३१ हजार भुकम्प पीडितले पहिलो किस्ता पाए


  • 3.4K
    SHARES
    • फाल्गुण १९, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.3K Views

    रुकुमपश्चिमका ३१ हजार भुकम्प पीडितले पहिलो किस्ता पाए
    रुकुमपश्चिम, १९ फागुन/गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुमपश्चिममा हालसम्म ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापतको रकम प्राप्त गरेका छन् । 
     
    अस्थायी आवास निर्माण गर्न जिल्लाका छवटै पालिकाका ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापत रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् । सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा एक हजार छ सय ६० लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार आठ सय चार, त्रिवेणी गाउँपालिकामा लाभग्राही कायम भएका तीन हजार सात सय ४७, चौरजहारी नगरपालिकामा छ हजार दुई  सय ६९ र बाँफीकोट गाउँपालिकामा दुई हजार छ सय ४१ लाभग्राहीेले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।
     
    सहायक प्रजिअ बढुवालले छवटै स्थानीय तहमा हालसम्म रु २५ हजारका दरले रु ७७ करोड १० लाख २५ हजार रकम  लाभग्राहीलाई उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार नौ सय ६२ लाभग्राहीका लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा रु ७९ करोड ९० लाख ५० हजार पठाएको छ । 
     
    जिल्लामा हालसम्म २८ हजार तीन सय ३४ अस्थायी आवास निर्माण सम्पन्न भएका छन्भने तीन हजार चार सय ४६ निर्माणको चरणमा रहेका सहायक प्रजिअ बढुवालले जानकारी दिनुभयो । अब जिल्लामा पहिचान भएका एक हजार एक सय ३१ लाभग्राहीले पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 


    तेस्रो आँखा