'बेईजिङ तिर ढल्केको सरकार' को आयु कति ? 

'बेईजिङ तिर ढल्केको सरकार' को आयु कति ? 


  • 8.1K
    SHARES
    • फाल्गुण २२, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 12.4K Views

    'बेईजिङ तिर ढल्केको सरकार' को आयु कति ? 

    नेपाली राजनीतिमा खासै चाँसो नदिनेहरु बाहेक राजनीतिको 'र' अक्षरसँग मात्रै साईनो राख्नेहरुकालागि सोमवारको दिन स्वभाविकै जस्तो थियो । किनभने सोमवार भएको सत्ता गठबन्धनको फेरबदलको भनक गएको दुई हप्तादेखि लागिरहेको थियो । 

    images

    एउटा त, विभिन्न पात्रहरुको अस्वभाविक एवं तिव्र भेटघाट कार्यक्रमहरुले; र अर्को, ति पात्रहरुको बडि ल्याङ्ग्वेजले । गएको दुई सातादेखि नेपालका लागि चिनिया राजदुत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाललाई एक पछि अर्को गरेर लगातार भेट गरे ।  

    20240304_173612-01.jpeg

    यि भेटघाटहरु कहिले प्रम निवास बालुवाटारमा त कहिले नेताहरुकै निवासमा बाक्लिएका थिए । र उनिहरुका भेटघाटका तस्वीरहरु नेपाली मिडियामा छ्याप्छ्याप्ती देख्न सकिन्थ्यो । 'जुँगा चल्नासाथ कुरा थाह पाउने' हरुका लागि अब नेपालमा सत्ताको चलखेल हुनलाग्यो है भनेर बुझ्न कुनै महाभारत थिएन । पछिल्लो समय नेपालमा रहेका चिनियाँ राजदूत छन सोङले मात्र नभई चिनबाट नेपाल भ्रमणमा आउने चिनियाँ पदाधिकारीहरुले पनि प्रधानमन्त्री प्रचण्ड एवं माओवादी नेताहरुलाई पटक–पटक भेटेका थिए ।

    हरेक जस्तो भेटवार्तामा चीनको एउटै भनाई हुन्थ्यो, ‘एउटै विचारधाराका दलहरु मिलेर अघि बढ्दा राम्रो हुन्छ ।’ चीन नेपालका कम्युनिस्टहरुलाई मिलेर अघि बढ्नको लागि आग्रह गरिरहेको हुन्छ ।

    उता गठबन्धनमा दरार पैदा हुने बुझेरै भारतिय राजदुत नविन श्रीवास्तवले पनि नेका सभापति शेरबहादुर देउवा र प्रम प्रचण्ड सहितका माओवादीका शिर्ष नेताहरुलाई भेटेका थिए । यिनै भेटघाटहरुले सत्ताको खेलमा पहिरो जानलागेको र नयाँ मोडेलको सरकार बन्न लागेको तर्फ इंगित गरिरहेको थियो । यसलाई अझ प्रष्ट्याईरहेको र मलजल पुऱ्याइरहेको थियो कम्युनिष्ट नेताहरुको बडी ल्याङ्वेजले । एमालेका अध्यक्ष केपी शर्मा ओली नै पछिल्लो समय चम्किला र कुटिल देखिएका थिए । नेता विष्णु पौडेलको बोली र व्यवहारमा अस्वभाविक परिवर्तन आएको थियो । पुरानो गठबन्धन ढल्न अब धेरै समय नलाग्ने उनको आशय दैनिक अनुभव गर्न सकिन्थ्यो । उनिहरुलाई एकछिन नियालेर हेर्दा र सुन्दा - लाग्थ्यो, केही अप्रत्यासित राजनीतिक परिणाम २/४ दिनमै देख्न पाइन्छ । अन्ततः त्यही भयो । 

    अहिलेको सत्ता समिकरणलाई राजनीतिक वृत्तमा 'बेइजिङतिर ढल्कोको सरकार' को उपमा दिइएको छ । विशेष गरी नेपालभित्र नेपाली काँग्रेस निकटस्तहरुले र दक्षिणको भारतीय मिडियहरु सहित भारत परस्तहरुले यस्तो उपमा दिइएको पाइएको छ । सोमवारदेखि बनेको नयाँ गठबन्धनका सम्बन्धमा 'बेइजिङतिर ढल्कोको सरकार' विशेषण सटिक र केही हद्सम्म सत्य पनि छ । किनकी नेपालका वामपन्थीहरुलाई चिन मिलाउन चाहन्छ र विचार मिल्ने नेपाली कम्युनिष्ट पार्टीहरुको एकता पनि चाहन्छ । 

    चिनका केही महत्वाकांक्षी परियोजनाहरु छन् । ति परियोजनाहरू सुचारू गर्न पनि नेपालमा चिन अनुकुलको सरकार चाहिन्छ । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी लगायतका दलहरु सम्मिलित सरकारलाई उत्तरी चिनले कम्फर्टेवल महशुस गर्छ । 

    बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यक्रम, बीआरआईको र सुरक्षासम्बन्धी परियोजना ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीसीआई) चिनका महत्वाकाक्षी परियोजनहरु हुन । यि परियोजनाहरुलाई सफल पार्न चिन जोड तोडले लागेको छ । त्यसको लागि उसले नेपालमा विचार मिल्ने कम्यूनिष्ट पार्टीहरुको एकता चाहन्छ । त्यसैको इन्ट्रेस्टमा बनेको छ अहिलेको सरकार । अर्थात सत्ता परिवर्तन गराउनमा सफल भएको छ - बेइजिङ । यस अघि नेपाली काँग्रेस र माओवादी केन्द्र सहितको सरकारलाई 'दिल्ली तर्फ ढल्केको सरकार' को रूपमा व्याख्या गरिन्थ्यो । 'दिल्ली तर्फ ढल्केको सरकार' गत सालको फागुनदेखि यता पुरै एक वर्ष टिक्यो । अब हेर्न बाध्य छौं - ' बेइजिङ तर्फ ढल्केको सरकार' लाई । 

    20240304_174654-01.jpeg

    चिनको सहजिकरणमा बनेको नेकपा तीन टुक्रा भए पछि अब फेरि वाम गठबन्धन हुन्छ वा हुन्न भन्ने प्रश्न थियो । २०७९ को पुस १० मा वाम गठबन्धन मिलेर अघि बढे पनि डेढ महिनामै टुटेको थियो । फेरि एकपटक एमाले र माओवादी एक भएर अघि बढ्न थालेका छन् । जसलाई बेइजिङका प्रतिनिधिहरु र नेताहरुसँग भइरहेको भेटवार्ता र पछिल्ला गतिविधिहरुबाट नजिक रहेको हेर्न सकिन्छ ।

    नेकपा पछि सर्वोच्च अदालतले आ-आफ्नो पुरानै पार्टीमा फर्किएका एमाले र माओवादी केन्द्रलाई खपि नसक्नुको आरोप पनि छ - 'दुई तिहाईको सरकार हुँदा पनि क्यै गर्न नसकेको ।' इच्छा र चाहना भए जनताको पक्षमा काम गर्ने फेरी अवसर मिलेको छ वाम वाहुल्य रहेको यो सरकारलाई । आँफुहरु माथि लागेको कलंक मेटाउने अवसर पनि प्राप्त भएको छ । राष्ट्र, जनता र स्वयं आफ्नो निम्ति पनि हित चाहने हो भने अब गरेर देखाउने एउटा अवसर मिलेको छ, यसको अधिकतम सदुपयोग गर्न आवश्यक छ । हुन त यो नेपाल हो । यहाँ जे पनि हुनसक्छ भन्ने राजनीतिक भनाई छ । त्यै भएर टालाटुली गाँसेर बनेको र बेईजिङ तिर ढल्केको यो हाइब्रिड सरकारको भविष्य कति नै होला र ? यसै भन्न सकिँदैन ! 


    भूमिलाल पौडेल
    लेखकबाट थप