काठमाडौं, ९ माघ । पछिल्लो २४ घण्टामा छ हजार चार सय ६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
नेपालभर १७ हजार ४३७ जनामा गरिएको नमुना परीक्षणबाट ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१३ हजार ३७७ पिसिआर परिक्षण गर्दा ५ हजार ५९८ र ४ हजार ६० एन्टीजेन परिक्षण गर्दा ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाको कारण चार जनाको मृत्यु भएको छ भने एक हजार चार सय १६ जना निको भएको मन्त्रालयले जनाएको छ । यसँगै नेपालमा ७७ हजार ४० सक्रिय संक्रमितको संख्या रहेको छ ।
