संकटालाई पराजित गर्दै मछिन्द्र आहा राराको सेमिफाइनलमा 

संकटालाई पराजित गर्दै मछिन्द्र आहा राराको सेमिफाइनलमा 


  • 7.8K
    SHARES
    • माघ १०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    संकटालाई पराजित गर्दै मछिन्द्र आहा राराको सेमिफाइनलमा 

    काठमाडौं, १० माघ । संकटालाई पराजित गर्दै मछिन्द्र क्लब जारी आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    पोखरामा जारी २० औँ संस्करणको क्वार्टरफाइनल खेलमा संकटा क्लबलाई चार एकको गोल अन्तरमा पराजित गर्दै  मछिन्द्र क्लब सेमिफाइनल प्रवेश गरेको हो ।

    सोमबार पोखरा रंगशालामा भएको खेलमा खेलको १३ औं मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए ।

    पुन खेलको ४७ औं मिनेटमा ओलोमेउले मेसुकेले गोल गर्दै मछिन्द्रको अग्रतालाई दोब्बर बनाए ।

    त्यसपछि संकटाको लागि खेलको ६३ औं मिनेटमा गणेश हमालले गोल गर्दै मछिन्द्र सँगको गोल अन्तरलाई घटाएर दुई एक बनाए ।

    खेलको ८४ औं मिनेटमा अविशेक गुरुङले मछिन्द्रको लागि गोल गर्दै गोल अन्तरलाई तीन एक बनाए । 
    मेसुकेले संकटा विरुद्ध आफ्नो दोस्रो गोल गर्दै चार एकको गोल अन्तर बनाएर मछिन्द्रको जित सुनिश्चित गरे ।
    मेसुकेको दुई  तथा उत्सव राई र अविशेक गुरुङको समान एक एक गोलमा मछिन्द्र पहिलो पटक आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको हो । 

    मंगलबार थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब बीच पोखरा रंगशालामा नै दुई तीसमा खेल हुने छ । मंगलबार हुने खेल क्वार्टरफाइनलको अन्तिम खेल हो ।  
        
      
     


    तेस्रो आँखा