नारायणस्थान घटनाकाे छानबिन गरी दाेषीलाई कारवाही गर्न बालकृष्ण दाहालकाे माग

नारायणस्थान घटनाकाे छानबिन गरी दाेषीलाई कारवाही गर्न बालकृष्ण दाहालकाे माग


  • 11.2K
    SHARES
    • माघ ११, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 17.3K Views

    नारायणस्थान घटनाकाे छानबिन गरी दाेषीलाई कारवाही गर्न बालकृष्ण दाहालकाे माग

    काठमाडाैं,११ माघ । गत आइतबार ओखलढुंगाकाे नारायणस्थानमा भएकाे बाेलेराे दुर्घटनाको विषयमा नेपाली कांग्रेसका नेता बालकृष्ण दाहालले तत्काल छानबिनको माग गरेका छन् । दाहालले दुर्घटनामा घाइते भएकाहरुको उपचार तथा मृतक परिवारलाई क्षतिपुर्तिको समेत माग गरेका छन् । 

    images

    उपचाररत घाइतेहरुको अवस्था बुझ्न न्युरो अस्पताल पुगेका दाहालले छानविन समिति वनाएर घटनाको वास्तविक तथ्य पत्ता लगाउन र दोषिउपर कार्बाही गर्न माग गरेको बताए ।  घाइतेहरूलाइ भेट्न  दाहाल आइतबार नै अस्पताल पुगेका थिए । उनले प्रमुख जिल्ला अधिकारीलाई घटनाको बारेमा तत्काल  छानविन समिती बनाउन र मृतक परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन आग्रह गरेको बताए । गत आइतबार ओखलढुंगा अधेरी नारायणस्थानको अँधेरी  स्थित साेतिभीर भन्ने ठाउँमा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा ३ जनाको घटनाथलमै मृत्यु भएको थियो ।

    272247392_487699626085397_6117554087243753436_n.jpg

    सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा सदरमुकाम ओखलढुंगा आउदै गरेको काे १ ज ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका लक्ष्मी कोइराला, देवबहादुर श्रेष्ठ र सञ्जीव श्रेष्ठको न्युरो अस्पताल काठमाडौंमा उपचार भैरहेको छ । उनीहरुलाई हेलिकोप्टर मार्फत उपचारका लागि अस्पताल ल्याइएको थियो । 

    घटनाका दोषिभनिएका डोजर चालक फरार रहेकाले निजको खोजि भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढ्ंगाका  प्रहरी उपरिक्षाक लंक श्रेष्ठले जानकारी दिए । उक्त सडकका ठेकेदारलाइ चालक खोजेर ल्याउन भनेर उनले बताए । चालक नल्याए ठेकेदार समेत घटनाको दोषि देखिने प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # बालकृष्ण दाहाल

  • तेस्रो आँखा
    लेखकबाट थप