‘घर ज्वाइँ’को फस्टलुकमा दया र मिरुनाको नयाँ लुक्स 

‘घर ज्वाइँ’को फस्टलुकमा दया र मिरुनाको नयाँ लुक्स 


  • 6.3K
    SHARES
    • चैत्र १८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 9.6K Views

    ‘घर ज्वाइँ’को फस्टलुकमा दया र मिरुनाको नयाँ लुक्स 

    काठमाडौं १८ चैत/ अहिले सर्वाधिक रुचाइएको सफल जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहेको चलचित्र ‘घर ज्वाइँ’को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ।  बर्ष २०८१ को असार २८ गतेबाट रिलिजमा आउने चलचित्रको दुई वटा फस्टलुकमा  दया र मिरुनालाई देख्न सकिन्छ ।एउटा पोस्टरमा दयाले बन्दुक बोकेर रिसाहा अवतारमा आफूलाई प्रस्तुत गरेका छन् भने अर्कोमा मिरुना र दया डोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । 

    images

    पूर्वी रुकुमका मगर बस्तीहरु तकसेरा ,लुकुम लगाएतका स्थानमा छायांकन गरिएको चलचित्रलाई  जनक घर्ती मगरले निर्माण र  अनिल बुढाले निर्देशन गरेका हुन् । चलचित्रको कथा, पटकथा तथा संवाद लेखनमा निर्देशक अनिललाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् ।चलचित्रमा  सुशन प्रजापतिको छायांकन छ ।

     चलचित्रमा दया र मिरुनाको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा, कविता आले लगायतका कलाकारको अभिनय छ । एम मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्ममा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, रामजी लामिछानेको कोरियोग्राफी, कृष्ण भण्डारीको सम्पादन छ । 


    तेस्रो आँखा