गायक राजेशपायल राईसहित तीनजना कलाकारहरु पक्राउ

गायक राजेशपायल राईसहित तीनजना कलाकारहरु पक्राउ


  • 3.8K
    SHARES
    • चैत्र २२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.9K Views

    गायक राजेशपायल राईसहित तीनजना कलाकारहरु पक्राउ

    काठमाडौँ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित अन्य तीनजना कलाकारहरु पक्राउ परेका छन् । 

    images

    गएराति काठमाडौँको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । 

    उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा