‘अब ५०० एमजी पारासिटामोल सहज उपलब्ध हुन्छ’

‘अब ५०० एमजी पारासिटामोल सहज उपलब्ध हुन्छ’


  • 6.3K
    SHARES
    • माघ १३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    ‘अब ५०० एमजी पारासिटामोल सहज उपलब्ध हुन्छ’

    काठमाडौं, १३ माघ । केही दिनयता अभाव भएको सिटामोल अब सहज उपलब्ध हुने भएको छ। बजारमा (५०० एमजी पारासिटामोल) को माग बढेपछि सिटामोलको अभाव भएको थियो।

    images

    सिटामोलको उत्पादन बढाइएकाले बजारमा सहज उपलबध हुन थालेको औषधि व्यवस्था विभागले जनाएको छ। अबको केही दिनमा  पर्याप्त मात्रामा औषधि उपलब्ध हुने औषधि व्यवस्था विभागका प्रवत्ता सन्तोस केसीले बताए। 

    औषधिको कच्चा पदार्थको अभावको कारण औषधि उत्पादनमा समस्या भएपछि बजारमा औषधि अभावको समस्या देखिएको प्रवक्ता केसीको भनाइ  छ। उनकाअनुसार कोरोना संक्रमणदर बढेको र घरमा लगेर औषधि भण्डारण गर्नु पनि बजारमा औषधिको अभाव हुनुकाे अर्काे कारण हाे । 

    सिटामोल अभाव हुननदिन सरकारले तीन लाख औषधि उत्पादन सुरु गरेको उनले जानकारी दिए। 'बजारमा सिटामोल पाउन अहिले पनि सहज छैन,' उनले भने 'अबको केही दिनमा  भने प्रयाप्त मात्रामा सिटामोल उपलब्ध हुन्छ ।' 

    तीव्र रूपमा फैलिएको ओमिक्रोनका कारण बिरामी बढेपछि केही दिनदेखि बजारमा औषधिको अभाव देखिएको थियो । औषधि अभाव भएपछि खासगरि काठमाडौंमा समस्या देखा परेकाे थियाे। सर्वसाधारणले भने अझै पनि सिटामोल नपाएको गुनासो गरिरहेका छन् ।