कोरोना संक्रमण : परिक्षण संख्यामा निर्भर संक्रमण दर 

कोरोना संक्रमण : परिक्षण संख्यामा निर्भर संक्रमण दर 


  • 7.2K
    SHARES
    • माघ १३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    कोरोना संक्रमण : परिक्षण संख्यामा निर्भर संक्रमण दर 

    काठमाडौं, १३ माघ । कोरोना संक्रमणको दरलाई हेर्दा परिक्षण बढाएको बेलामा बढी संक्रमित र परिक्षण संख्या घटाउँदा कम संक्रमीत थपिने गरेको पाइएको छ।

    images

    माघ एक गते नेपालमा चार हजार छ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भयो । उक्त दिन १४ हजार पाँच सय ५६ जनाको नमुना परिक्षण गरिएकोे थियो।

    अर्को दिन संक्रमितको संख्या बढ्यो। एक गते साढे चार हजार बढी संक्रमित थपिएको नेपालमा माघ दुई गते चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उक्त दिन अघिल्लो दिन भन्दा परिक्षण संख्या पनि बढी थियो । उक्त दिन १५ हजार एक ३१ जनाको नमुना परिक्षण गरिएको थियो।

    माघ तीन गते झण्डै दुई हजारले संक्रमित संख्या बढ्दा छ हजार सात सय ३४ जना पुग्यो । उक्त दिन पनि परिक्षणको संख्या बढेर १७ हजार चार सय ६५ जना पुगेको थियो। नेपालमा पछिल्लो समय बढेको कोरोना संक्रमितको संख्या परिक्षण गरिएको संख्यामा निर्भर रहने गरेको छ। प्रत्यक दिनको कोरोना संक्रमितहरुको आँकडालाई हेर्ने हो भने परिक्षण संख्यामा निर्भर रहेको देखिन्छ। परिक्षण बढि भएको दिन संक्रमितको संख्या बढेको छ भने परिक्षण कम हुँदा संक्रमितहरुको संख्या पनि घटेको छ।

    सबै भन्दा बढी माघ छ गते संक्रमित संख्या १२ हजार तीन सय ३८ जना पुग्दा परिक्षण गरिएको संख्या पनि उच्च थियो। उक्त दिन २७ हजार चार सय ९७ जनाको नमुना परिक्षण गरिएको थियो। माघ सात गते दुई हजारले संक्रमित संख्या घटेर १० हजार सात सय तीन पुग्दा परिक्षण संख्या पनि घटेको थियो। उक्त दिन २३ हजार ९२ जनाको नमुना परिक्षण गरिएकोे थियो।

    त्यसयता कोरोना संक्रमितहरुको संख्या ओरालो लागेको देखिन्छ। तर यसलाई कोरोना संक्रमण कम भएको भनेर भन्ने गरिएको छ। तर परिक्षणको दायरा समेत साँघुरिएका कारण संक्रमितको संख्या कम बन्दै गएको तथ्य पछिल्ला केही दिन यताको स्वास्थ्य मन्त्रालयको तथ्यांकले पुष्टि गरेको छ। 

     

  • सम्बन्धित विषय:

  • # खाेप
  • # काेराेना भाइरस

  • पदम भुजेल
    लेखकबाट थप