• ट्रेण्डिङ्ग :
मेटल उद्योग आगलागी : मृतकको परिचय खुल्यो, १० लाख क्षति

मेटल उद्योग आगलागी : मृतकको परिचय खुल्यो, १० लाख क्षति


  • 4.1K
    SHARES
    • चैत्र २५, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.3K Views

    मेटल उद्योग आगलागी : मृतकको परिचय खुल्यो, १० लाख क्षति

    काठमाडौँ, २५ चैत/ ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको  आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभएको छ ।

    images

    मृतकका परिवारले उनको शव पहिचान गरेका हुन् । पहरी सोही कारखानामा काम गर्नुहुन्थ्यो । आगलागीबाट रु १० लाख बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताउनुभयो । विद्युत् चुहिएर  आगलागी भएको हो । आगलागीबाट सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ । 


    तेस्रो आँखा