छानबिन समितिले यात्रुलाई भन्यो/चार्टर उडानमा बढी भाडा तिरेको कागजातसहित निवेदन दिनुस

छानबिन समितिले यात्रुलाई भन्यो/चार्टर उडानमा बढी भाडा तिरेको कागजातसहित निवेदन दिनुस


  • 6.3K
    SHARES
    • माघ १४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    छानबिन समितिले यात्रुलाई भन्यो/चार्टर उडानमा बढी भाडा तिरेको कागजातसहित निवेदन दिनुस

    काठमाडौं, १४ माघ । कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर उडानमा तोकिएको भन्दा बढी भाडा लिएको विषयमा पर्यटनमन्त्री प्रेम आलेले गठन गरेको छानबिन समितिले काम सुरु गरेको छ। 

    images

    मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र इमेलमार्फत निवेदन दिन अनुरोध गरेको हो।

    कोरोनाको पहिलो चरणमा लकडाउनका बखत अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानको व्यवस्था भएको थियो।

    सो पश्चात् यात्रु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडाभन्दा बढी लिएको भनी प्राप्त भएका विभिन्न गुनासोका आधारमा गुनासोको सम्बोधन गरी छानबिन गर्न मन्त्रालयले हवाई भाडा दर छानबिन समिति, २०७८ गठन गरेको थियो।

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस
  • # नेपाल एयरलाइन्स

  • तेस्रो आँखा