तेस्रो आँखा
काठमाडौं,१४ माघ ।
नेपालमा पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरि कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ९१ जनाको पिसिआर परिक्षण गर्दा ४ हजार ८ सय ७ जनामा र ६ हजार ७८ जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरि थप ५ हजार ४ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
