काठमाडौं, १५ माघ । पछिल्लो २४ घण्टामा नेपालभर चार हजार ९०४ नयाँ कोरोना संक्रमित थपिएका छन्।
१४ हजार पाँच सय ६२ जनाको नमुना परिक्षण गर्दा चार हजार नौं सय चार जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जसमध्ये १० हजार १०१ पिसिआर परिक्षणका क्रममा तीन हजार तीन सय १८ र चार हजार चार सय ६१ एन्टीजेन परिक्षणका क्रममा एक हजार पाँच सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाकोे कारण छ जनाको मृत्यु भएको छ भने पाँच हजार नौं सय २४ जना निको भएको मन्त्रालयले जनाएको छ। हाल नेपामा सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ रहेको छ।

