• ट्रेण्डिङ्ग :
ओरालो लाग्दै कोरोना संक्रमणदर, २४ घण्टामा थपिए ३ हजार ५४० नयाँ संक्रमित

ओरालो लाग्दै कोरोना संक्रमणदर, २४ घण्टामा थपिए ३ हजार ५४० नयाँ संक्रमित


  • 6.8K
    SHARES
    • माघ १६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    ओरालो लाग्दै कोरोना संक्रमणदर, २४ घण्टामा थपिए ३ हजार ५४० नयाँ संक्रमित

    काठमाडौं, १६ माघ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमणदर ओरालो तर्फ लाग्दै गएको छ । २४ घण्टामा नेपालभर तीन हजार ५४० नयाँ कोरोना संक्रमित थपिएका छन् । 

    images

    जम्मा १३ हजार १४५ जनाको नमुना परीक्षण गर्दा तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अघिल्लो दिन २४ घण्टामा चार हजार ९०४ जनामा कोरोना संक्रमण फेला परेको थियो । केहि दिन यता कोरोना संक्रमणदर घट्ने क्रममा रहेको छ ।
    नौ हजार ९१० जनाको पिसिआर परीक्षणका क्रममा तीन हजार ४९ जनामा र तीन हजार २३५ जनाको एन्टीजेन परीक्षणका क्रममा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा छ हजार ३५९ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै गएको चार दिन यता कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको मन्त्रालयले जनाएको छ। 

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ । 


    तेस्रो आँखा