संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी

संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी


  • 5.8K
    SHARES
    • माघ १७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी

    काठमाडौं, १७ माघ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमित हुनुभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको पाइएको छ।

    images

    स्वास्थ्य तथा जनसंख्याले गरेको आज सार्वजनिक गरेको बुलेटिनमा संक्रमितभन्दा संक्रमणमुक्त हुने संख्या दुई हजार ८९९ ले बढी रहेको छ। आज १६ हजार ८८ परीक्षण गर्दा संक्रमित संख्या पाँच हजार २९२ रहेको छ । 

    यस्तै, संक्रमणमुक्त हुने संख्या आठ हजार १९१ पुगेको छ। यो दर ९०.५ प्रतिशत हो। मन्त्रालयकाअनुसार सक्रिय संक्रमितको सङ्ख्या ७९ हजार २७२ पुगेको छ।  

    २४ घण्टामा आज आठ जनाको संक्रमणको कारणले मृत्यु भएको छ। अहिलेसम्म ११ हजार ७४३ जनाको संक्रमणका कारणले मृत्यु भएकोे छ। 

    यस्तै, २०० भन्दा बढी सङ्क्रमित भएका १८ जिल्ला रहेका छन्। ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुर रहेका छन् । 

    नेपालमा संक्रमण दर १८.२ प्रतिशत रहेको छ। हाल होम आइसोलेसनमा ७७ हजार ६६५, संस्थागत आइसोलेसनमा एक हजार ६०७, आइसियुमा २८८ र भेन्टिलेटरमा ५० जनाको उपचार हुँदैछ । 

     

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा