के कोरोना संक्रमण जोखिम टरेको हो ?

के कोरोना संक्रमण जोखिम टरेको हो ?


  • 7.5K
    SHARES
    • माघ १७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    के कोरोना संक्रमण जोखिम टरेको हो ?

    काठमाडौं, १७ माघ । केही दिन यताको कोरोना संक्रमणको तथ्यांकलाई हेर्दा संक्रमणदर घट्दै गएको देखिन्छ। गत माघ छ गते एकै दिन १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भयो। उक्त संख्या यो चरणकै सबैभन्दा उच्च हो ।

    images

    माघ छ गते १२ हजार ३३८ जनामा पुष्टि भएको कोरोना संक्रमणदर माघ १६ गते तीन हजार ५४० जनामा झरेको छ । के कोरोना संक्रमणको जोखिम सकिएकै हो त ?

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले हाल कोरोना संक्रमणदर केहि मत्थर भएको देखिएपनि अहिलेनै त्रास कम भएको भन्न नमिल्ने बताएका छन् । यसको लागि अझै केही हप्ता पर्खिनुपर्ने उनको भनाइ छ।

    ‘उकालो चढेपछि ओरालो त झर्नै पर्छ तर अहिले नै कोरोनाको त्रास ओरालो लागिसकेको छ भन्न सकिने अवस्था छैन, तसर्थ जोखिम कम भयो भनेर स्वास्थ्य मापदण्ड अपनाउन नछोड्न आग्रह गर्दछु’ डा.पौडेलले भने।  उनका अनुसार अहिले घटेको देखिएको संक्रमणदर परिक्षण घटेर मात्र कम देखिएको हैन। ‘संक्रमण दर कम हुनु कोरोनाको संक्रमण केहि कम भएर हो भन्न सकिन्छ,’ उनले भने। तर यही नै हो भनेर ठोकुवा गर्न भने अझै एक दुई हप्ताको तथ्यांक पर्खिनुपर्छ।

    माघ ११ गते १२ हजार आठ जनामा फेला परेको कोरोना संक्रमण त्यसयता निरन्तर ओरालो लागेर माघ १२ गते आठ हजार ४५४, माघ १३ गते आठ हजार १७, माघ १४ गते छ हजार ८२७, माघ १५ गते चार हजार ९०४ र माघ १६ गते तीन हजार ५४० मा पुगेको छ । 

     

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • पदम भुजेल
    लेखकबाट थप