पाँच हजार पाचँ सय ८३ कोरोना संक्रमित थपिँदा ९ जनाको मृत्‍यु

पाँच हजार पाचँ सय ८३ कोरोना संक्रमित थपिँदा ९ जनाको मृत्‍यु


  • 7.8K
    SHARES
    • माघ १८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    पाँच हजार पाचँ सय ८३ कोरोना संक्रमित थपिँदा ९ जनाको मृत्‍यु

    काठमाडौं, १८ माघ । पछिल्लो २४ घण्टामा देशभर थप पाँच हजार पाँच सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पिसिआर परीक्षण गर्दा तीन हजार छ सय ५७ जना र छ हजार आठ सय ९८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार नौं सय २६ जना गरी कूल पाँच हजार पाँच सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण नौं जनाको मृत्यु भएको छ। मन्त्रालयकाअनुसार देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार छ सय ५३ पुगेको छ।

     यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार सात सय ५२ पुगेको छ। हालसम्म आठ लाख ७१ हजार एक सय ६५ जनाले संक्रमण जितेका छन्। नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार दुई सय ५१ पुगेको छ।

     

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस
  • # काेराेना संक्रमण

  • तेस्रो आँखा