एजेन्सी, १८ माघ । बलिउड अभिनेता ऋतिक रोशन र सबा आजाद चर्चामा छन्। दुबैले एक अर्काको हात थामेको तस्वीर बाहिरिएपछि उनीहरुको चर्चा चलेको हो। तस्वीर देखेर उनका समर्थक तथा फ्यानहरु अचम्मीत छन्।
सामाजिक सञ्जालमा दुबैको चर्चा चलेसँगै उनीहरु सम्बन्धमा रहेको अटकलबाजी लगाइएको छ। भरतीय सञ्चारमाध्यमकाअनुसार उनीहरु दुईजना एक कमन साथीबाट जोडिएका थिए। त्यतिबेलादेखि नै उनीहरु दुबैको भेटघाट जारी छ ।
ऋतिक रोशन आफ्नो साथी अर्थात यानी सबा आजादको हात थामेको देखिएका थिए। केही दिन अगाडि पैपराजीले ऋतिक र सबालाई रेस्टुरेन्ट बाहिर एक अर्काको हात समाएको अवस्थामा भेटेको थियो। एक समाचार संस्थाकाअनुसार ऋतिकले कयौं महिनादेखि आफ्नो सम्बन्ध गोप्य राखेका थिए। उनीहरुको दोस्ती वास्तवमा निकै खास रहेको बताइएको छ।

उनीहरु दुबै गवामा छुट्टी मनाएर फर्किएका थिए। तर ऋतिकसँगको सम्बन्धबारे उठेको प्रश्नमा सबाले बेवास्ता गर्दै अहिले केही काममा व्यस्त रहेकाले पछि कुरा गर्ने भन्दै टारेको भारतीय सञ्चार माध्यमले जनाएको छ। दुबैको कामको कुरा गर्ने हो भने ऋतिकसँग निकै राम्रो प्रोजेक्ट छ । ऋतिक रोशन चाँडै नै दीपीका पादुकोणसँग फाइटरमा देखिदैछन्।
त्यस्तै, उनी बिक्रम वेधामा पनि एक अहम भूमिका निर्वाह गर्दै गरेको देखिने छन्। सबाले फिल्म दिल कबड्डीदेखि आफ्नो बलिउडमा डेब्यू गरेकी थिइन्। उनले मुझसे दोस्ती करोगी फिल्मबाट आफ्नो पहिचान बनाएकी हुन्। अभिनेत्री सबा अन्तिम पटक फिल्म 'फिल्स लाइक इश्क' मा देखिएकी थिइन्। उनी अभिनयको साथै इमाद शाहको साथमा म्यूजिक मा पनि जोडिएकी छन्।
