काठमाडौँ । रात्रिकालीन डान्सबारहरू र दोहोरी साँझ रेस्टुरेन्टहरूले अब मनोरञ्जन कर बुझाउनुपर्ने भएको छ। आज काठमाडौँ महानगरपालिकाले उनीहरूलाई मनोरञ्जन कर बुझाउनुपर्ने आशयको सूचना जारी गरेको छ। यसैगरी रात्रिकालीन एलओडी क्लब र नाईट क्लवहरुले पनि मनोरञ्जन कर बुझाउनुपर्ने भएको छ।
महानगरको राजश्व विभागले ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिजलगायतलाई मनोरञ्जन कर तिर्न बुधबार ३५ दिने सूचना निकालेको हो । जारी गरेको सूचनामा ग्यारेज इन्टरटेन्मेन्टले ९ मंसिर ०८० मा होटल हायातमा सांगीतिक कन्सर्ट गरेको उल्लेख छ ।
