काठमाडौं, २० माघ । ब्राजिलियन फुटबल स्टार नेइमारले २०२१ को साम्बा गोल्ड अवार्ड जितेसँगै उनी पाँचौ पटक साम्बा गोल्ड अवार्ड जित्ने खेलाडी बनेका छन्।
पेरिस सेन्ट जर्मन (पिएसजी) का सुपरस्टार नेइमारले युरोपमा ब्राजिलबाट खेल्ने सबैभन्दा उत्कृष्ट खेलाडीको रुपमा उक्त अवार्ड हात पारेको हुन्। नेयमारले साम्बा गोल्ड अवार्ड हात पारेको यो लगातार दोस्रो तथा समग्रमा पाँचौं पटक हो।
उनले यो भन्दा अघि सन् २०१४, २०१५, २०१७ र २०२० को साम्बा गोल्र्ड अवार्ड जितेका थिए। यो २०२१ को अवार्ड उनको लगातार दोस्रो साम्बा गोल्र्ड अवार्ड हो। खुट्टाको चोटका कारण गत नोभेम्बरदेखि मैदान बाहिरै रहेका नेयमार हाल भने अभ्यासमा फर्किएका छन्।
३० वर्षीय नेइमार गत नोभेम्बरदेखि मैदान बाहिर रहेका छन्। उनी युरोपियन च्याम्पियन्स लिग अन्तर्गत फेब्रुअरी १५ मा रियल मड्रिडविरुद्धको खेलमा उपस्थित हुने अनुमान गरिएको छ।
