काेरोना संक्रमणका कारण १४ जनाको मृत्यु, थप तीन हजार १७५ नयाँ संक्रमित

काेरोना संक्रमणका कारण १४ जनाको मृत्यु, थप तीन हजार १७५ नयाँ संक्रमित


  • 11.7K
    SHARES
    • माघ २०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 18.1K Views

    काेरोना संक्रमणका कारण १४ जनाको मृत्यु, थप तीन हजार १७५ नयाँ संक्रमित

    काठमाडौं, २० माघ । नेपालभर कोरोना संक्रमणको कारण १४ जनाको मृत्यु भएको छ। २४ घण्टामा कोरोना संक्रमणको कारण थप १४ जनामो मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images

    यससँगै, संक्रमणका कारण नेपालभर हालसम्म ११ हजार सात सय ७८ जनाकाे मृत्यु भएकाे छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा तीन हजार एक सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। १२ हजार छ सय पाँच जनाको नमुनार परिक्षण गर्दा साे संख्या थपिएकाे हाे ।

    १० हजार २६ पिसिआर परिक्षणका क्रममा दुई हजार सात सय ४२ जनामा र दुई हजार पाँच ७९ एन्टीजेन परिक्षण गर्दा चार सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    यस्तै, आठ हजार सात सय २३ कोरोना संक्रमित निको भएका छन्। मन्त्रालयकाअनुसार नेपालभर हाल सक्रिय कोरोना संक्रमितको संख्या ६३ हजार दुई सय ९६ रहेको छ।

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस
  • # काेराेना संक्रमण

  • तेस्रो आँखा