अमेरिकी सेनाले घेराबन्दी गरेपछि आत्घाती बिस्फोट गराएर आफ्नै ज्यान लिए आईएस नेताले

अमेरिकी सेनाले घेराबन्दी गरेपछि आत्घाती बिस्फोट गराएर आफ्नै ज्यान लिए आईएस नेताले


  • 7.0K
    SHARES
    • माघ २१, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    अमेरिकी सेनाले घेराबन्दी गरेपछि आत्घाती बिस्फोट गराएर आफ्नै ज्यान लिए आईएस नेताले

    एजेन्सी, २१ माघ। उत्तरी सिरियामा अमेरिकी सेनाले कारबाही गर्न खोज्दा मुस्लिम लडाकु समूह इस्लामिक स्टेट (आईएस) समूहका एक वरिष्ठ उपप्रमुखले आत्मघाती बिस्फोट गराएर आफ्नो ज्यान लिएका छन्। 

    images

    सेनाको कारबाहीबाट जोगिन नसकिने सोचेर आईएस समूहका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरेसीले एउटा आत्मघाती बिस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको अमेरिकी अधिकारीले दाबी गरेका हुन्।

    भिषण गोलाबारीपछि अमेरिकी सेनाले अबु इब्राहिमलाई उनी लुकेको एउटा तीन तले घरको चारैतिरबाट घेरा हालेका थिए। लगत्तै उनले आत्मघाती बिस्फोट गराएका थिए। 
     


    तेस्रो आँखा