२४ घण्टामा थपिए दुई हजार पाँच सय २६ कोरोना संक्रमित, १६ जनाको मृत्यु

२४ घण्टामा थपिए दुई हजार पाँच सय २६ कोरोना संक्रमित, १६ जनाको मृत्यु


  • 8.3K
    SHARES
    • माघ २१, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    २४ घण्टामा थपिए दुई हजार पाँच सय २६ कोरोना संक्रमित, १६ जनाको मृत्यु

    काठमाडौं, २१ माघ । पछिल्लो २४ घण्टामा नेपालभर दुई हजार पाँच सय २६ नयाँ कोरोना संक्रमित थपिएका छन्। त्यस्तै २४ घण्टामा कोरोना संक्रमणको कारण १६ जनाको मृत्यु भएको छ।

    images

    ११ हजार ७३ जनाको नमुना परिक्षण गर्दा दुई हजार पाँच सय २६ जनामा कोरोना संक्रमण देखिएको र १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    छ हजार छ सय ५५ पिसिआर परिक्षणका क्रममा एक हजार छ सय दुई र चार हजार चार सय १८ एन्टीजेन परिक्षणका क्रममा नौ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा आठ हजार चार सय २५ कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या ५६ हजार चार सय ५७ रहेको छ। 

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस

  • तेस्रो आँखा