काठमाडौं, २१ माघ । गएको सेप्टेम्बर महिनामा राज कुंद्रालाई अश्लिल भिडियो बनाएको आरोप आगेको थियो। त्यसपछि उनलाई तत्काल गिरफ्तार गरिएको थियो।
यो मुद्दामा राजकुंद्रा करीब दुई महिनासम्म कारागारमा बसेका थिए। कारागारबाट छुटेपछि राजकुंद्रा धेरै समय सामाजिक सञ्जाबाट टाढा बसेका थिए।
अश्लिल भिडियो बनाएको आरोपमा फसेर छुटेपछि बिजनेसम्यान राजकुंद्रा लगातार सुखमा रमाई रहेका छन्। यो पटक राज कुंद्रा आफ्नो सम्पतिको विषयमा चर्चामा आएका छन् । जुन सम्पति उनले आफ्नो श्रीमती शिल्पा शेट्टीको नाममा पास गरेका छन्।
अकास्मत् राज कुंन्द्राले यो कदम किन उठाए यसको जवाफ हाल कोही सँग पनि छैन। भारतीय सञ्चार माध्यमका अनुसार राज कुंद्राले मुम्बईमा रहेको फलाइट आफ्नो श्रीमती शेट्टीको नाममा पास गरेका छन्। राज कुंद्राले एउटा फलाइटमात्र पास गरेको नभएर पाँचै वटा फलाईट पास गरेका हुन्।
राज कुंद्राले उक्त फलाइट जुहुकाे ओसियन भ्यु नाम गरेकाे अपार्टमेन्टमा लिएका थिए। राज कुंद्राको यो सम्पतिको मूल्य करिब ३८.५ करोड भारतीय रुपैयाँ बताइएको छ। यो २१ जनवरी २०२२ मा रजिस्टर गरिएको छ।
