नेटफ्लिक्समा ‘हीरामण्डी’ : सर्वाधिक दर्शक भएको हिन्दी वेव सिरिज

नेटफ्लिक्समा ‘हीरामण्डी’ : सर्वाधिक दर्शक भएको हिन्दी वेव सिरिज


  • 3.7K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.7K Views

    नेटफ्लिक्समा ‘हीरामण्डी’ : सर्वाधिक दर्शक भएको हिन्दी वेव सिरिज

    वेब सिरिज 'हिरामण्डी' सार्वाधिक हेरिने हिन्दी सिरिजको एक नम्बरमा परेको छ। गैर अङ्ग्रेजी भाषाको सिरियलतर्फ भने यो दोस्रो नम्बरमा परेको छ। पहिलो स्थानमा अङ्ग्रेजी भाषाको ‘द असुन्टा केस’ रहेको छ । 'हिरामण्डी' गएको १ मईमा स्ट्रिमिङ भएको थियो। त्यस यता हिरामण्डीलाई ४.५ मिलियन पटक हेरिसकेको छ।

    images

    हिरामण्डी ४० देशमा हेरिने सर्वोत्कृष्ट १० वेब सिरिज मध्ये एकमा परेको छ । मनिषा कोइराला लगायतको अभिनय रहेको आठ भागको यो सिरिजलाई संजय लीला भंसालीले निर्माण तथा निर्देशन गरेका हुन्। हिरामण्डीमा सन् १९२० देखि १९४० सम्मको दशकको लाहोरको कथा समेटिएको छ, जहाँ ब्रिटिस उपनिवेश विरुद्ध संघर्ष गरिएकाे थियाे । भारतको सुप्रसिद्ध कमेडियन 'द कपिल शर्मा' सो भन्दा 'हिरामण्डी' माथि उक्लिएको छ। 


    तेस्रो आँखा