पछिल्लो समय सोनाक्षी सिन्हाको पछिल्लो वेब सिरिज ‘हिरामाण्डी : द डायमण्ड बजार’ मा उनको भूमिकाको प्रशंसा गरिरहेकी छिन् । भर्खरै ‘हिरामाण्डी’ को प्रिमियर भएको थियो जहाँ रेखाले सोनाक्षीको निकै प्रशंसा गरिन् । सँगै रेखाले आफू सोनाक्षीकी दोस्रो आमा भएको पनि बताईन । उनको यो मिठो हावभावले अभिनेत्री सोनाक्षीलाई अक्क न बक्क बनायो । रेखाले सोनाक्षीको अभिनयको खुलेर तारिफ गरिन् । फरीदान र उनकी आमा रेहानाको चुनौतीपूर्ण दोहोरो भूमिका निभाएकी सोनाक्षी सिन्हाले आफ्नो भूमिकाको तारिफ बटुल्दै छिन् ।
एक अन्तर्वार्तामा सिरिजमा आफ्नो कामको बारेमा कुरा गर्दै सोनाक्षीले अभिनेत्री रेखाले आफूले पाएको प्रशंसाको बारेमा बोलेको पनि बताइन् । पिंकभिलासँग कुरा गर्दै सोनाक्षीले ‘हिरामाण्डीः द डायमण्ड बजार’को प्रिमियरमा रेखाले आफ्नो कामको तारिफ गरेको बताइन् । सोनाक्षीले भनिन - 'रेखाले आफूलाई दोस्रो आमा भएको बताएकी छिन् ।'
रेखाले सोनाक्षीकी आमालाई पनि भनिन्– यो मेरी छोरी हो !
सोनाक्षीले भनिन्, ‘रेखा निकै प्रभावित छिन । उनले मेरी आमालाई आँफु मेरो दोस्रो आमा भएको बताइन । म र मेरी आमा सँगै हुँदा उहाँले मेरी आमालाई भन्नुभयो- यो मेरो छोरी हो, तिम्रो छोरी होइन। रेखाले आफूलाई औधी माया गर्ने सोनाक्षीले बताइन् ।
'उनको भनाइ धेरै महत्त्वपूर्ण छ'
रेखाजस्ता सम्मानित कलाकारबाट प्रशंसा पाउनुको महत्त्वलाई स्वीकार गर्दै सोनाक्षीले उनीप्रति आभार व्यक्त गरिन् । "उनका शब्दहरूले धेरै अर्थ राख्छ, किनभने तपाईलाई थाहा छ, कि उनी आफ्नो कामसँग कति प्रतिबद्ध छिन् र एक व्यक्तिको रूपमा असाध्यै सुन्दर पनि छिन्। उहाँ जस्तो व्यक्तिबाट यस्तो सुन्दा आश्चर्य लाग्छ।
