सनी देवलसँगै बोर्डर २ मा आयुष्मान खुराना देखिने, रिलिज मितिको घोषणा

सनी देवलसँगै बोर्डर २ मा आयुष्मान खुराना देखिने, रिलिज मितिको घोषणा


  • 4.6K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 7.0K Views

    सनी देवलसँगै बोर्डर २ मा आयुष्मान खुराना देखिने, रिलिज मितिको घोषणा

    सनी देओलले गत वर्ष आफ्नो फिल्म ‘गदर २’ बाट निकै चर्चा पाए र अहिले उनी आफ्नो आउँदो अर्को फिल्मको चर्चामा छन् । अहिले सनी देओल बोर्डरको सिक्वेल फिल्म ‘बोर्डर २’ मा देखिने खबर आएको छ, जसमा उनीसँगै आयुष्मान खुराना पनि देखिनेछन् । अब यो फिल्मको बारेमा पछिल्लो अपडेट यो छ कि यसको रिलिज मिति सूचित गरिएको छ।

    images

    ‘बोर्डर २’ मा सनी र आयुष्मानका अलावा एमी विर्क र अहान शेट्टी पनि देखिनेछन् । पिंकभिलाको रिपोर्ट अनुसार ‘बोर्डर २’ जनवरी २३, २०२६ मा रिलिज हुनेछ । अर्थात् यो फिल्म रिलिज हुन अझै डेढ वर्षभन्दा बढी समय छ ।

     

     ‘बोर्डर २’ लाई जेपी दत्तले बनाउने

     

    सन् १९९७ मा रिलिज भएको सुपरहिट फिल्म ‘बोर्डर’ मा सनी देओलसँगै सुनिल शेट्टी, अक्षय खन्ना जस्ता कलाकार देखिएका थिए । ‘बोर्डर २’ को कुरा गर्दा जेपी दत्तले निधि दत्त र भूषण कुमारसँग मिलेर यो फिल्म निर्माण गर्नेछन् ।

     

     युद्ध भएको रातको कथा हुने

     

    यो फिल्मलाई अनुराग सिंहले निर्देशन गर्नेछन् । रिपोर्टका अनुसार सनी फिल्ममा मेजर कुलदीप सिंह चन्दुरीको भूमिकामा फर्किनेछन् । निर्माताहरू ‘बोर्डर २’ लाई भारतको सबैभन्दा ठूलो युद्ध फिल्म बनाउने चाहनामा छन् । तर, केही मिडिया रिपोर्टले यो अघिल्लो फिल्मको सिक्वेल नभई युद्ध भएको एक रातको कथा हुने बताइएको छ ।


    तेस्रो आँखा