मुम्बई । मराठी सिनेमाका चर्चित अभिनेत्री प्रणित हट्टेले हालै आफ्नो आधिकारिक इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेकी छिन्, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रणितले आफू एक शोको सिलसिलामा नासिक आएको बताइन्, जहाँ उनले एउटा होटलमा कोठा बुक गरेकी थिइन् । तर ट्रान्सजेन्डर भएकाले होटल म्यानेजरले उनको बुकिङ रद्द गरिदिए । प्रणितले एक भिडियो शेयर गर्दै यसप्रति आक्रोश व्यक्त गरेका छन् ।
