काठमाडौं, २२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार सात सय १४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणका कारण नौं जनाको मृत्यु भएको छ।
आठ हजार पाँच सय १३ जनाको परिक्षण गर्दा एक हजार सात सय १४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ। पाँच हजार दुई सय २५ जनाको पिसिआर परिक्षण गर्दा एक हजार एक सय तीन र तीन हजार दुई सय ८८ जनाको एन्टिजेन परिक्षण गर्दा छ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै चार हजार सात सय ७१ जना संक्रमणमुक्त भएका छन्।
