गायक रवि ओड प्रहरी नियन्त्रणमा

गायक रवि ओड प्रहरी नियन्त्रणमा


  • 3.8K
    SHARES
    • बैशाख ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.9K Views

    गायक रवि ओड प्रहरी नियन्त्रणमा

    काठमाडौं, ३० वैशाख । नेपाल आइडल सिजन-२ का विजेतासमेत रहनुभएका गायक रवि ओड प्रहरी नियन्त्रणमा रहनुभएको छ । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा गायक ओडले प्रहरीमा आत्मसर्मपण गर्नुभएको हो ।

    images

    गत चैत २० गते रविकी श्रीमतीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिनुभएको थियो । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड बिहीबार प्रहरी कार्यालय झलारीमा आफै उपस्थित हुनुभएको जिल्ला प्रहरी कार्यालयले कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिनुभएको छ ।

    जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।


    तेस्रो आँखा