काठमाडौं, २३ माघ। आईसीसी यू–१९ विश्वकप विजेता टोलीका खेलाडीहरुले जनही ४० लाख भारतीय रुपैयाँ पाउने भएका छन्।
बीसीसीआइले विश्वकप विजेता टिम भारतका प्रत्यक खेलाडीलाई जनही ४० लाख र टिमका पदाधिकारीहरुलाई जनही २५ लाख भारु प्रदान गर्ने जनाएका हो।
भारतले वेस्ट इन्डिजमा भएको फाइनल खेलमा इंग्ल्यान्डलाई चार विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।
