गायिका लता मंगेशकरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा शोक प्रकट

गायिका लता मंगेशकरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा शोक प्रकट


  • 6.3K
    SHARES
    • माघ २३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    गायिका लता मंगेशकरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा शोक प्रकट

    काठमाडौं, २३ माघ । भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले शोक प्रकट गरेकी छन ।

    images

    ९२ वर्षको उमेरमा आजै निधन भएकी विश्वप्रसिद्ध गायिका मंगेशकरले नेपाली गीत संगितको क्षेत्रमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गरेकी हुन ।

    ‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुखी बनाएको छ,’ सामाजिक सञ्जालमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले लेख्छिन्, ‘असाधारण प्रतिभाकी धनी दिवंगत लता मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

    झन्डै ३० हजार भन्दा बढी गीत गाएको रेकर्डसमेत कायम गरेकी मंगेशकर प्रति भारत सरकारले २ दिने शोकको घोषणासमेत गरेको छ । 

    Bidhya.JPG