२४ घण्टामा थपिए एक हजार तीन सय ८६ नयाँ कोरोना संक्रमित

२४ घण्टामा थपिए एक हजार तीन सय ८६ नयाँ कोरोना संक्रमित


  • 6.2K
    SHARES
    • माघ २३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    २४ घण्टामा थपिए एक हजार तीन सय ८६ नयाँ कोरोना संक्रमित

    काठमाडौं, २४ माघ । पछिल्लो २४ घण्टामा नेपालभर एक हजार तीन सय ८६ नयाँ कोरोना संक्रमित थपिएका छन्। 

    images

    नौ हजार दुई सय ५१ जनाको नमुना परिक्षण गर्दा एक हजार तीन सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    छ हजार चार सय ४३ पिसिआर परिक्षणका क्रममा एक हजार एक सय ८३ जनामा र दुई हजार आठ सय आठ एन्टीजेन परिक्षणका क्रममा दुई सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ११ जनाको मृत्यु भएका २४ घण्टामा थपिए एक हजार ३८६ नयाँ कोरोना संक्रमित। त्यस्तै आठ हजार सात सय चार जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।

    नेपालभर हाल सक्रिय कोरोना संक्रमितको संख्या ४५ हजार दुई सय ४८ रहेको छ। त्यस्तै कोरोना महामारी सुरु भएदेखि हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार आठ सय १४ पुगको छ ।    

     

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित
  • # काेराेना भाइरस

  • तेस्रो आँखा