• ट्रेण्डिङ्ग :
गर्भवती र कुरुवालाई निःशुल्क खाना

गर्भवती र कुरुवालाई निःशुल्क खाना


  • 3.6K
    SHARES
    • जेठ ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.5K Views

    गर्भवती र कुरुवालाई निःशुल्क खाना

    रुकुमपश्चिम, ३ जेठ/ रुकुमपश्चिमको एउटा स्वास्थ्यचौकीमा गर्भवती र एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिने भएको छ । मुसिकोट नगरपालिका–११ स्थित भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले गर्भवती र उनका एक  कुरुवालाई  निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

    images

    स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर बुढाले खाना खर्चको व्यवस्थापन वडा कार्यालयले गर्ने बताउनुभयो । उहाँ मुसिकोट–११ का वडाध्यक्षसमेत हुनुहुन्छ । “गर्भवतीलाई घरबाट खाना बोकेर ल्याउन समस्या हुने भएकाले सहजताका लागि स्वास्थ्यचौकीमै निःशुल्क खानाको व्यवस्था गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।
     
    सुत्केरीका लागि नगरपालिकाले एम्बुलेन्सको समेत निःशुल्क व्यवस्था गरेको भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनाएको छ । 


    तेस्रो आँखा